• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

समाचार

काठमाडाैं । काठमाडाैंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।

शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको राससलाई जानकारी दिनुभयो ।

उक्त वस्तु आज बिहान ८.३० बजे फेला परेको थियो ।

-रासस
 

प्रतिकृया दिनुहोस