दोलखाका सीडीओ रिजाल गृह मन्त्रालय तानिए
काठमाडौं । दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालय तानिएको छ ।
दुई फरक मुद्दामा घुस खाएको घटना बाहिरिएपछि उनलाई मन्त्रालय तानिएको बुझिएको छ ।
बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबु र छोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग उनले ९० हजार घुस खाएको आरोप छ ।
यस्तै जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले २१ हजार घुस लिएको भन्दै पीडितहरुले बिहीबार पत्रकार सम्मेलनमा बताएका थिए ।
उनले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए ।
उनले दुई घटनाका तीन जना अभियुक्तलाई धरौटीमा रिहा गर्न रिजालले लिएको एक लाख २५ हजार रुपैयाँ घुस रकम फिर्ता गरेका थिए ।


प्रतिकृया दिनुहोस