• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सशस्त्रका तीन डीआइजीलाई दर्ज्यानी चिह्न

सनराइज खबर संवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) मा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न दिइएकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साेमबार आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नति हुनुभएका तीन वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हाे । 

फागुन ४ गते गृहमन्त्रीस्तरको निर्णयले ४ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्ने निर्णय गरेकाे थियाे । तीमध्ये सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएकाे हाे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नति महत्वपूर्ण रहने बताउनुभयाे । उहाँले बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायीपूर्ण रुपमा व्यावसायिकतासाथ निर्वाह गर्न निर्देशन दिनुभयो । आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने भन्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले समाजका सबै तहले कामको मूल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भइ समर्पित रहन निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस