• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

डीआईजीमा बढुवा सिफारिस भए सशस्त्रका ४ एसएसपी

सनराइज खबर संवाददाता

काठमाडाैं । सशस्त्र प्रहरी बलका ४ जना एसएसपीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बुधबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ काे उपनियम (१) काे (ख) बमाेजिम बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेकाे पहिलाे नम्बरमा सुरेश कुमार श्रेष्ठ रहनुभएकाे छ । त्यस्तै क्रमश: अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।

विज्ञप्ति:

प्रतिकृया दिनुहोस