• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रामेछापमा फेला पर्‍यो डाक्टर किच्‍ने बस  

खबर स‌ंवाददाता

काठमाडौं । नयाँ बानेश्वरमा ७४ वर्षीय डाक्टर पुष्प जोशीलाई ठक्कर दिएर भागेको बस रामेछापमा भेटिएको छ । सीसीटीभी फुटेज हेर्दा शंकास्पद देखिएपछि काठमाडौं प्रहरीले सो बस नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय रामेछापलाई भनेको थियो । 

‘बस र चालक नियन्त्रणमा लिएर काठमाडौं पठाएका छौं’ – जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले भने ।

प्रहरीले नियन्त्रणमा लिएको बा३ख ६१४ नम्बरको बस काठमाडौं–मन्थली रुटमा चल्दै आएको थियो । रामेछापको चारघरे भन्ने ठाउँबाट पक्रेर प्रहरीले सो बसका चालकलाई सोधपुछ गरिरहेको बताइएको छ ।

मर्निङवाक निस्किएका डा.जोशीलाई संविधान सभा भवनको दक्षिण गेटमा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पतालबाट अवकाश प्राप्त डा.जोशी पछिल्लो समय ईशान बाल अस्पताल बसुन्धारामा कार्यरत थिए । 
 

प्रतिकृया दिनुहोस