सिड्नीमा नेपालीको हत्या : सीसीटीभी फुटेज सार्वजनिक
एजेन्सी । सिड्नीमा हत्या भएका ३४ वर्षीय नेपाली युवक सन्तोष गौतमको मृत्युअघिको सीसीटीभी फुटेज सार्वजनिक भएको छ । हत्या हुनु भन्दा केही समयअघि रेकर्ड भएको सीसीटीभी फुटेजमा गौतम आफ्नो घरभित्र छिरिरहेको देखिन्छ ।
पश्चिम सिड्नीस्थित आफ्नै घरमा शनिबार छुरा प्रहारबाट गौतमको हत्या भएको हो । गौतमकी श्रीमती ३४ वर्षीया नुमा गौतमलाई हत्या अभियोगमा अस्टे«लियन प्रहरीले पक्राउ गरिसकेको छ ।
शनिबार स्थानीय समय अनुसार साँझ ६ बजेअघि घटना घटेको अनुमान गरिएको छ । ७ बजेर ३० मिनेट जाँदा आपतकालिन टोलीले पाखुरामा हतियार लागेको अवस्थामा गौतमलाई भेटेको थियो, रगत धेरै बगिसकेको थियो । जसकारण नजिकैको वेस्टमेड अस्पताल लगिए पनि उनलाई बचाउन सकिएन ।
छिमेकीको सीसीटीभीमा देखिए अनुसार ८ वर्षीया छोरीका बाबु गौतम नजिकैको टायर पसलबाट घर फर्किसकेका देखिन्छन् । घटनामा सन्तोषकी श्रीमती नुमा पनि घाइते भएकी छिन् । श्रीमान्–श्रीमती बीचको आपसी झगडाले हत्याको रुप लिएको हुनसक्ने अनुमान गरिएको छ ।
नुमालाई प्रहरीको निगरानीमा उपचारका लागि पहिले अस्पताल र त्यसपछि ग्रानभिल पुलिस स्टेशन लगिएको थियो ।
क्रिकेटका पारखी
सन्तोष गौतम क्रिकेट पारखी हुन् । उनी सिड्नीस्थित नेप्लिज िक्रकेट एशोसियसनका सदस्य थिए । गौतमका साथीभाईका अनुसार आफ्नो भिसा अवस्थाका कारण नेपाल फर्कनुपर्ने भय यो दम्पत्तीमा थियो ।
त्यसैले उनीहरु केही समययता तनावमा थिए । अस्टे«लियाको नेपाली समुदाय र गौतमका छिमेकहीहरुले यो दम्पत्तीकी ८ वर्षीया छोरीको सहयोगका लागि सामुहिक अभियान थालेका छन् । ‘सबैले उनलाई सहयोग गर्नु पर्छ किनकी उनी अब यहाँ एक्लो छिन्’ – गौतमका छिमेकीलाई उदृत गर्दै नाइन न्युजले लेखेको छ ।
नुमामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनलाई आगामी बिहीबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।


प्रतिकृया दिनुहोस