• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सुन तस्करीमा संलग्‍न दुई महिला पक्राउ

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा सुन आ‍ेसार्ने दुई महिलालाई १ किलो सुनसहित प्रहरीले पक्राउ गरेकाे छ । रसुवागढी नाकाबाट प्रहरीले ती महिलाहरु पक्राउ परेका हुन् । 

लुकाएर सुन लैजाँदै गर्दा ३४ र ४९ वर्षका महिलालाई साेमबार बिहान पक्राउ गरिएको रसुवा प्रहरी कार्यालयले जनाएको छ । 

रसुवाका डीएसपी भागेन्द्रपुरुष ढकालले सनराइज खबरलाई भने – ‘विशेष सुराकीका आधारमा चेकजाँच गर्ने क्रममा ६ टुक्रा सुनसहित दुई महिला पक्राउ परेका छन्। ’

पक्राउ परेकाहरुकाे नाम भने खुलेकाे छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ । 

प्रतिकृया दिनुहोस