सशस्त्र प्रहरीले बरामद गर्याे लाखौंका अवैध सामान
काठमाडौं । सशस्त्र प्रहरीको टोलीले ठूलो मूल्यको चोरीपैठारीका सामान बरामद गरेको छ ।
अवैध रुपमा पैठारी भएका समानहरु सशस्त्रको सक्रियतामा महोत्तरी, झापा, बाँके लगायतका जिल्लाबाट बरामद गरेको हो ।
शसस्त्र प्रहरीले महोत्तरीबाट एक लाख ९० हजार रुपैयाँको मोबाइल चोरी पैठारी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३० वर्षीय सुकमान कामी छन् । गौशालाबाट बर्दिबासतर्फ जाँदै गरेको मारुती भ्यानमा सुकमानले ती सामान पैठारी गरेको पाइएको हो ।
त्यसैगरी झापामा सशस्त्रको टोलीले दुई लाख ५० हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको छ । भारतबाट अवैध रुपमा मदिरा ल्याएकोले बरामद गरिएको झापाका सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइरालाले जानकारी दिए । बरामद गरिएको सो मदिरा भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
यसैगरी बाँकेबाट करिब एक लाख ८७ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मेशिनरी बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएका ती सामान लुकाएर लग्ने क्रममा प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलले जानकारी दिए । यस्तै बाँके क्षेत्रमा लुकिछिपी ल्याइँदै गरेको एक लाख ५० हजार रुपैयाँ बराबारको लत्ताकपडा पनि बरामद भएको छ ।


प्रतिकृया दिनुहोस