• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

काठमाडाैंका कपडा गोदाममा राजश्वको छापा, तीन ठाउँमा शिलबन्दी

सनराइज खबर संवाददाता

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन ठाउँमा रहेका कपडा गोदाममा शिलबन्दी गरेको छ ।

भन्सार छलेर ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले बिहीबार छापा मारेर तीन ठाउँमा रहेको कपडा गोदाममा शिलबन्दी गरेको हो । 

नितेश इम्पेक्स काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयाे । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

विभागले शिलबन्दी गरेका ठाउँमा  शुक्रबारदेखि थप अनुसन्धान गर्ने उहाँले बताउनुभयाे । गोदाममा भन्सार छलेर ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उहाँले जानकारी दिनुभयाे ।

 

प्रतिकृया दिनुहोस