• २ असोज २०८३, शुक्रबार
  • Friday,18 September,2026

सेनाद्वारा गोरखाको मनास्लु ईलाकाबाट दुई इजरायलीसहित आठको उद्धार

समाचार

गोरखा । नेपाली सेनाले केही दिनदेखिको अबिरल वर्षाका कारण गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीलाई उद्धार गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाले उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

–रासस

प्रतिकृया दिनुहोस