• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

सनराइज खबर संवाददाता

काठमाडाैं । बडादशैं अर्थात नवरात्रिकाे साताैं दिन शुक्रबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम गरिएकाे छ ।

काठमाडाैंको दशैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गरेकाे हाे । हनुमानढोका दरबारस्थित दशैं घरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्ष बढाइँ गर्ने प्रचलन छ ।

साेही अनुसार दशैं घरमा फूलपाती भित्राइएपछि अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाइँ समारोह गरेको हो । साे अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो । इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा सहित संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालका लागि विभिन्न देशका राजदूत लगायतको उपस्थिति थियो ।  नेपाली सेनाले हरेक बर्ष फूलपातीका दिन फूलपाती भित्राएको अवसरमा हर्षबढाइँ समारोह गर्ने गर्छ । 

प्रतिकृया दिनुहोस