• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा साेमबार भेटवार्ता भएको हो । नेपालका लागि अमेरिकी राजदूत बेरीले आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता जान लागेको अवसरमा साे भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा प्रधान सेनापति शर्माले  राजदूतले बेरीले पूरा गर्नुभएको सफल कार्यकालका लागि बधाई दिनुभएकाे थियाे । उहाँलले सुखद् भविष्यका लागि बेरीलाई शुभकामना समेत दिनुभएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएकाे नेपाली सेनाले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस