• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

गोसाईंकुण्डमा बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सनराइज खबर संवाददाता

काठमाडौं । रसुवाको गोसाईंकुण्डमा तीर्थ गर्न जाने क्रममा बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाईंकुण्ड तीर्थबाट घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धार गरिएकोमा नुवाकोटको ककनी गाउँपालिका–८ का ४५ वर्षीय नारायण भण्डारी , नुवाकोटकै विदुर नगरपालिका–११ का २० वर्षीय साधना प्याकुरेल र धादिङको नीलकण्ठ नगरपालिका –३ का १० वर्षीय निर्जीव दुवाडी रहेका छन् ।

 

प्रतिकृया दिनुहोस