प्रधानसेनापति शर्मा स्वदेश फिर्ता
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण सकेर स्वदेश फर्किनुभएकाे छ ।
प्रधानसेनापति शर्मा आइतबार साँझ स्वदेश फर्किनुभएकाे हाे । प्रधानसेनापति शर्माले लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा सकेर स्वदेश फर्कनुभएकाे हाे । उहाँले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नुभएकाे थियाे । लेबनानमा रहँदा उहाँले लेबनानका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
प्रधानसेनापति शर्मा लेबनान र सिरियाको भ्रमण सकेर त्यतैबाट असार १३ देखि अमेरिका जानुभएकाे थियाे । त्यहाँ उहाँले उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नुभएकाे थियाे भने न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको पनि भ्रमण गर्नुभएकाे थियाे।


प्रतिकृया दिनुहोस