• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सशस्त्रकाे आईजीपीमा राजु अर्याल

सनराइज खबर संवाददाता

काठमाडाैं । सरकारले सशस्त्र प्रहरी बल नेपालकाे महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेकाे छ ।

आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी पुष्पराम केसी आइतबारबाट अनिवार्य अवकासमा जाने भएपछि साेही ठाउँमा सरकारले अर्याललाई नियुक्त गरेकाे हाे ।

सशस्त्रमा अर्याल महानिरीक्षकको एक्लो दाबेदार हुनुहुन्थ्यो । अर्याल केही दिनअघि मात्र एआईजीमा बढुवा हुनुभएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस