सशस्त्रको प्रवक्तामा डिआइजी विदुर खड्का
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उहाँलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना हुनुहुन्थ्यो ।
–रासस


प्रतिकृया दिनुहोस