• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाली सेनामा १९४ जनालाई जागिर खुल्याे (सूचनासहित)

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली सेनामा १ सय ९४ जनाका लागि जागिर खुलेकाे छ ।

नेपाली सेनाले रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न २९ पदमा १ सय ९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरेकाे हाे । उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ । लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ ।

४ जना प्राड उपसेनानी,४ जना पाइलट उपसेनानी, १८ जना सैनिक उपचारिका (उपसेनानी) र १६ जना कम्प्युटर प्राविधिक (उपसेनानी), समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी २९ पदमा १ सय ९४ जना माग गर्दै साेमबार आवेदन खुला गरेको हो ।

पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाकाे हकमा ३० वर्ष ननाघेका उम्मेदवारले ०७९ वैशाख १३ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । दोब्बर दस्तुरमा थप १ सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट अनलाइन दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्ने सेनाले जनाएकाे छ । फाराम दस्तुर १ हजार ताेकिएकाे छ । सम्बन्धित पदमा समावेशीबाट फाराम बुझाउनुपर्ने साेही दस्तुरकाे २० प्रतिशत बुझाउनुपर्नेछ ।

 

प्रतिकृया दिनुहोस