नेपाली सेनामा २२९ जनालाई जागिर खुल्याे
काठमाडौं । नेपाली सेनामा २ सय २९ जनाका लागि जागिर खुलेकाे छ ।
नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेटमा दरखास्त माग गरेको हाे । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त मागेकाे ।
खुला १ सय २०, आदिवासी जनजाति ३३, मधेशी २९, महिला २१, दलित १५, सैनिक सन्तति ६ र पिछडिएको क्षेत्रबाट ५ जना पदपूर्ति गरिने सूचनामा उल्लेख छ । माघ २४ गतेसम्म दरखास्त बुझाउन सकिने निर्देशनालयले जनाएको छ । दरखास्त अनलाइबाटै बुझाउन सकिने सेनाले जनाएकाे छ ।



प्रतिकृया दिनुहोस