• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष एमएम नरवणेबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच नयाँ दिल्लीस्थित साउथ ब्लकमा आज भेटवार्ता भएकाे हाे । चार दिने भ्रमणका लागि आज दिल्ली पुग्नुभएका प्रधानसेनापति शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले 'गार्ड अफ अनर' प्रदान गरेको थियो ।

लगत्तै प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता भएकाे हाे । उहाँहरुबीच दुई देशका सेनाबीच सहयाेग आदानप्रदान लगायत विषयमा कुराकानी भएको बताइएकाे छ । प्रधानसेनापति शर्मालाई कात्तिक २४ गते भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको महारथीको सम्मान गर्ने कार्यक्रम छ ।

भारतीय सेनाध्यक्षकाे निमन्त्रणामा दिल्ली पुग्नुभएका प्रधानसेनापति शर्मा सहितकाे टाेली कात्तिक २६ गते स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस