• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

चीनले नेपाली सेनालाई दियाे स्वास्थ्य सामग्रीसहित तीन लाख डाेज खाेप

खबर स‌ंवाददाता

काठमाडौं । चीनले नेपाली सेनालाई विभिन्न स्वास्थ्य सामग्रीसहित  तीन लाख डाेज काेभिड विरुद्धकाे भेराेसेल खाेप दिएकाे छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अण्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई स्वास्थ्य सामग्रीसहित तीन लाख डाेज भेरोसेल खाेप हस्तान्तण गर्नुभएकाे हाे ।

चीनले १० थान भेन्टिलेटर १ सय थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज भेराेसेल खाेप सहयाेग स्वरुप उलब्ध लगाएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले सहयोगका लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभएकाे थियाे ।

यस्ता सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारी समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने निर्देशनालयले जनाएकाे छ । यस्ता सहयाेगले दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने नेपाली सेनाकाे विश्वास छ ।

 

प्रतिकृया दिनुहोस