• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भन केप्लरबीच भेटवार्ता भएकाे छ ।

प्रधानसेनापति शर्मा र राजदूत केप्लरबीच नेपाली सेनाकाे मुख्यालय जंगी अड्डामा आज शिष्टाचार भेटवार्ता भएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

 

 

भेटवार्ताले दुई मुलुकको आपसी सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस