• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपाली शान्ति सैनिकद्वारा कंगाेमा विद्यालय पुर्ननिर्माण

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपाली सेनाले कंगाेको एक विद्यालय पुर्ननिर्माण गरिदिएको छ ।

द्वन्द्वग्रस्त मुलुक कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले कंगोको स्थानीय एटोङगो इलाकामा रहेको विद्यालयको पुर्ननिर्माण गरिदिएकाे हाे । शान्ति स्थापनार्थ तैनाथ रणशेर गणले विद्यालय पुर्ननिमार्ण गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरिएकाे नेपाली सेनाले आज विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे ।

कात्तिक १ गते कंगोमा आयोजित कार्यक्रममा नेपाली सेनाले सो विद्यालय हस्तान्तरण गरेको हो । कोभिड-१९ संक्रमण जाेखिमलाई ध्यान दिँदै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । विद्यालय हस्तान्तरण कार्यक्रममा त्यहाँस्थित शिक्षा मन्त्रालयका अधिकारी, मेयर, युनिसेफका प्रतिनिधिलगायत सहभागी भएका थिए ।

सो अवसरमा नेपाली शान्ति सैनिकको युनिटले कोरोना रोकथामका लागि अत्यावश्यक सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा सम्बोधन गर्दै स्थानीय मेयरले विद्यालय पुर्ननिर्माणबाट विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने बताउनुभएकाे थियाे । शान्ति सैनिकले गर्दै आएको जनहीतको कामबाट कंगोका स्थानीय जनता र शान्ति सैनिकबीच विश्वासको वातावरण बढ्ने उहाँकाे भनाइ थियाे ।

प्रतिकृया दिनुहोस