• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानसेनापति शर्मा र राजदूत भोल्कबीच भेटवार्ता

समाचार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।

–रासस

प्रतिकृया दिनुहोस