• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

रथीमा बढुवा भएका बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह

सनराइज खबर संवाददाता

काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा हुनुभएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे छ ।

सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समाराेहमा प्रधानसेनापती शर्माले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे । दर्ज्यानी चिन्ह प्रदान गरिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

भदाै २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस