• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सहकर्मी हत्या अभियाेगमा सैनिक जवानलाई २५ वर्ष कैद

सनराइज खबर

काठमाडाैं । आफ्नै सहकर्मीकाे हत्या गर्ने सिपाही गंगाधर ढकाललाई समरी जनरल सैनिक अदालतले जन्म कैदको फैसला सुनाएको छ । 

सहकर्मी सैनिक (हुद्दा) भरत गुरुङको हत्या अभियोगमा पक्राउ परेका ढकाललाई २५ वर्ष कैद सजाय हुने फैसला सुनाइएको सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे । 

ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय गर्दै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी फैसला सुनाएकाे हाे । कैद सजाय गत साउन ७ गतेबाट सुरु भइ २५ वर्ष हुने निर्देशनालयले जनाएको छ । 

सेनाको महेन्द्र दल गणमा कार्यरत गुरुङको गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका-१७  शारदानगरस्थित सिमल डाँडामा शव भेटिएकाे थियाे ।  गोली लागेको अवस्था गुरुङको शव भेटिएपछि प्रहरीले हत्या अभियाेगमा ढकाललाई चितवनबाटै पक्रेकाे थियाे । त्यसपछि जिल्ला अदालत चितवनको आदेश अनुसार ढकालमाथि अनुसन्धानका लागि नेपाली सेनाले कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो ।

कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा नेपाली सेनाबाट ०७८ भदाै ९ गते गठन भएको समरी जनरल सैनिक अदालतले बिहीबार साे फैसला सुनाएकाे निर्देशनालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस