• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

३३ किलाे सुन काण्डमा फरार 'भाेजे मामा' पक्राउ

सनराइज खबर संवाददाता

काठमाडाैं । ३३ किलो सुन काण्डमा फरार रहेका 'भोजे मामा' उर्फ भोजराज भण्डारीलाई प्रहरीले पक्रेकाे छ ।

झापाकाे गौरादह नगरपालिका-८ बस्ने भोजे मामा भन्ने भण्डारीलाई शुक्रबार पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ ।  आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा भण्डारी फरार थिए । उनलाई प्रहरीले काठमाडाैंकाे गाैशालाबाट पक्रेकाे हाे । 

०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो । साे सुनकाण्डमा मुछिएका सनम शाक्यको हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस