थ्रेसरमा च्यापिदा एक महिलाको निधन
काठमाडौं । झापामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको निधन भएको छ । धान झार्न चलाएको मेसिनमा च्यापिएर उहाँको शनिबार बिहान निधन भएको हो ।
निधन हुनेमा बाह्रदशी गाउँपालिका-६ बालुवानीकी ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर चलिरहेको थ्रेसरमा उहाँ पर्नुभएको थियो ।
सुरुमा महिलाको कपडा र कपाल तानेको थ्रेसरले उहाँको शरीर समेत भित्रै तानेको थियो। उहाँको घटनास्थलमा नै निधन भएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस