जनकपुरमा कार दुर्घटनामा चालकको निधन
काठमाडौं। जनकपुरमा शुक्रबार बिहान कार दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जनकपुरको मुजेलियामा दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका-१९ का ४५ वर्षीय विजय शर्माकोको निधन भएको हो ।
धनुषाधामबाट जनकपुर जाँदै गरेको बा २० प ६८३१ नम्बरको कार शुक्रबार बिहान नालामा खसेको थियो । दुर्घटनामा परि चालकको घटनास्थलमा नै निधन भएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशीक अस्पताल जनकपुरधाम राखिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।


प्रतिकृया दिनुहोस