हेटाैंडामा सवारी दुर्घटना, सर्लाहीका राजकिशाेरकाे ज्यान गयाे
मकवानपुर । हेटाैंडामा शुक्रबार बिहानै सवारी दुर्घटना भएकाे छ । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठाेक्किँदा एक जनाको ज्यान गएकाे छ ।
दुर्घटनामा परी सर्लाही चक्रघट्टाका ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
बिहान करिब २ बजेको समयमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएकाे थियाे ।
प्रनाउ रानाका अनुसार दुर्घटनामा परी राय गम्भीर घाइते भएका थिए । उनकाे हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस