• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

दाङको राप्तीमा ट्रकको ठक्करबाट तीन जनाको निधन

सनराइज खबर संवाददाता

काठमाडौं । दाङको राप्ती गाउँपालिकामा ट्रकले ठक्कर दिँदा तीन जनाको निधन भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनाको निधन भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा गएराती पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

निधन हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा मगर, राप्ती–२ लालमझियाका १८ वर्षीय कसम पुन मगर र राप्ती–८ पिपरीका १८ वर्षीय दिनेश घर्ती मगर रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक समेतअनियन्त्रित भई पल्टिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस