• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

थानकाेटमा बसकाे ठक्करबाट नवीनकाे ज्यान गयाे

सनराइज खबर संवाददाता

काठमाडाै‌ं । बसकाे ठक्करबाट थानकाेटमा एक तरकारी व्यवसायीकाे ज्यान गएकाे छ ।

दुर्घटनामा बाजुरा घर भई हाल काठमाडाैंकाे चन्द्रागिरी नगरपालिकास्थित महादेवस्थान बस्दै आएका २५ वर्षीय नवीन लाेहारकाे ज्यान गएकाे हाे ।

मलंगाेवाबाट काठमाडाैं आउँदै गरेकाे ना५ख ८४७४ नम्बरकाे बसले मंगलबार बिहान नवीनलाई ठक्कर दिएकाे थियाे । ठक्करबाट  गम्भीर घाइते भएका नवीनकाे उपचारकाे क्रममा निधन भएकाे महानगरीय प्रहरी वृत्त थानकाेटका डीएसपी घनश्याम श्रेष्ठले सनराइज खबरलाई जानकारी दिनुभयाे ।

नवीन काठमाडाैंमा टनेल बनाएर सब्जी खेती गर्दै आएका थिए । आज बिहान पनि तरकारी लिएर बेच्न हिडेका नवीनलाई बसले ठक्कर दिएकाे हाे ।

नवीनलाई ठक्कर दिएपछि साे बस र चालक सुनिल श्रेष्ठ फरार थिए । उनलाई सीसीटीभीकाे सहायताबाट प्रहरीले पेप्सीकाेलाबाट नियन्त्रणमा लिइसकेकाे छ । उनीमाथि आवश्यक कारवाही अघि बढाइएकाे डीएसपी श्रेष्ठले बताउनुभयाे । 

प्रतिकृया दिनुहोस