मोटरसाइकलको ठक्करबाट डाेटीमा टिकेश्वरीको ज्यान गयाे
डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको ज्यान गएकाे छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक छिन् ।
डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनकाे दिपायलस्थितशैलेश्वरी अस्पतालमा उपचार गर्ने क्रममा मंगलबार मृत्यु भएको प्रहरी पोष्ट पिपल्ला बजारका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।
ठक्कर दिने मोटरसाइकल घटनास्थलमै छाडी चालक भागेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस