• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

लरीको ठक्करबाट एकको निधन, दुईजना गम्भीर घाइते

सनराइज खबर संवाददाता

काठमाडौं । विराटनगरमा लरीले अटो टेम्बोलाई ठक्कर दिँदा एकजनाको निधन भएको छ । विराटनगर महानगरपालिका–३ दूधफारम नजिकै भारतीय नम्बरको लहरीले अटो टेम्पोलाई ठक्कर दिँदा शुक्रबार दिउँसो एकजनाको निधन भएको हो ।  
 
दुर्घटनामा अटो चालक सहित दुई जना गम्भीर घाइते भएका छन् ।  जसमा एक पुरुष र एक महिला छन् ।

दुर्घटनामा निधन भएकी अन्दाजी ४० वर्षीया महिलाको पहिचान खुलेको छैन । उहाँको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुवै घाइतेको पनि नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीको दुहवीबाट आउँदै गरेको एनएल ०२–एन ४४८७ नम्बरको भारतीय लहरीले सोही दिशाबाट आउँदै गरेको को ३ ह २८१२ नम्बरको अटो टेम्पोलाई दूध फारम नजिकै ठक्क दिएको थियो । तीव्र गतिमा रहेको लहरीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाको छ ।

दुर्घटनाबाट टेम्पोमा पूर्ण रुपमा क्षति पुगेको छ भने लहरी सडकबाट पल्टिएर खेतमा पुगेको छ । प्रहरीले लहरीका चालकलाई नियन्त्रणमा  लिएको छ ।

 

प्रतिकृया दिनुहोस