• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

ट्याक्टर दुर्घटनामा सहचालकको निधन

सनराइज खबर संवाददाता

काठमाडौं । सल्यानमा ट्याक्टर दुर्घटनमा परी शनिबार एक जनाको निधन भएको छ । सल्यायन सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको निधन भएको हो ।  
   
ट्याक्टर छेडागाड नगरपालिका –१० धारामा दुर्घटना भएको हो । दुर्घटनमा परी कुशे–६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको निधन भएको प्रहरीले जनाएको छ ।

डिजेल बोकेर गएको ट्रयाक्टर शनिबार बिहान दुर्घटनामा परेको थियो ।  

 

प्रतिकृया दिनुहोस