• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

चितवनमा कारको ठक्करबाट महिलाको निधन

सनराइज खबर संवाददाता

काठमाडौं । चितवनमा कारको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निधन हुनेमा खैरहनी नगरपालिका–२ की ५० वर्षीया बुद्धिमाया दराई हुनुहुन्छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई खैरहनी नगरपालिका–१ ज्यामिरेमा ठक्कर दिएको थियो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार ठक्करबाट गम्भिर घाइते भएकी दराईको उपचारको क्रममा अपरान्ह ५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो। प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस