• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

स्कर्पियो दुर्घटनामा पाँच जनाको निधन

सनराइज खबर संवाददाता

काठमाडौं । उदयपुरमा एउटा स्कर्पियो जिप दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ । घटनामा अन्य तीन जना घाईते भएका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो शनिबार राति १२ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा निधन भएका दुई जनाको मात्र पहिचान खुलेको  छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका इटहरीका प्रमुख एसपी सञ्जीव शर्मा दासका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको पहिचान खुलेको छ ।  

करिव ३२ देखि ३५ वर्षका दुईजना पुरुष र अर्की करिव ३० वर्षकी महिलाको पहिचान खुलिनसकेको उहाँले बताउनुभयो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कर्पियो चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।

 

प्रतिकृया दिनुहोस