• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सीमित स्रोतबीच सशस्त्र प्रहरी काममा खटिएकाे छ : महानिरीक्षक खनाल

सनराइज खबर संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले काेराेना महामारीका बेला सीमित स्रोत साधनबीच पनि काम गरिरहेकाे बताउनु भएकाे छ ।

विजयादशमी, शुभ दिपावली तथा छठपर्वको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले महामारीका बेला सीमा सुरक्षासहित राज्यले दिएको विभिन्न जिम्मेवारीमा सशस्त्र प्रहरी खटिएकाे बताउनुभयाे ।

सशस्त्र प्रहरी कर्मचारीलाई अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहन उहाँले निर्देशन दिनुभयो । खनालले चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण तथा निस्तेज गर्न कार्ययोजनासहित अघि बढ्न पनि निर्देशन दिनुभयो ।

उहाँले व्यक्तिगत स्वार्थ र सुविधाभन्दा देश र जनताको सेवा र सुरक्षालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो । कोरोना महामारीको बीचमा आमनागरिकले आफ्नो परिवारभित्र मात्र सुरक्षितसाथ चाडपर्व मनाउने वातावरणका लागि सम्बद्ध अन्य सुरक्षा निकाय र छिमेकी देशको सुरक्षाकर्मीसँग समेत समन्वय गरी थप सजकता अपनाइ काम गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले कर्तव्य पालनाको सिलसिलामा प्राणको आहुती दिएका अमर सशस्त्र प्रहरीप्रति श्रद्धा समेत व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस