• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ओलाङचुङ्गोलामा सशस्त्र प्रहरी बलको वीओपी स्थापना

सनराइज खबर संवाददाता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (वीओपी) ताप्लेजुङको ओलाङचुङ्गोलामा स्थापना भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले बुधबार वीओपीको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत समेतको सहभागिता थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म ताप्लेजुङ मातहतमा स्थापना भएको सो वीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध काम कारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बलले जनाएको छ ।

सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त वीओपीले बुधबारबाट दैनिक कार्य सुचारु गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली असोज १८ गते बेलुका त्यसठाउँमा
पुगेको हो ।

 

प्रतिकृया दिनुहोस