ट्याक्टर दुर्घटनामा दुईको निधन
काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिकामा गएराति भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार राति नौ बजेतिर दोरम्बा गाउँपालिका–४ सानो शैलुङ स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल लिएर रामेछापको सानो शैलुङ तर्फ आउदै गरेको ना ७ त ८७३ नं.को ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ पुडिटारका २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही स्थानका फुर्वा दोर्जेको घटना स्थलमै निधन भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस