त्रिशुलीमा ट्रक खस्याे, तीन घाइते
मुग्लिन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडाैं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ ।
दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्गका २८ वर्षीय रोहित तामाङ, १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
- रासस


प्रतिकृया दिनुहोस