• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

हेटाैंडामा ट्रकले ट्याक्टरलाई ठक्कर दियाे, बाराका लालबाबु रहेनन्

सनराइज खबर संवाददाता

मकवानपुर । हेटाैंडामा एक ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा परी ट्याक्टर चालक बारा परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादवको  निधन भएकाे प्रहरीले बताएकाे छ ।

हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा ना५ ख ४१६४ नम्बरको ट्रकले ना३त ६९३१ नम्बरको ट्याक्टरलाई सोमबार बिहान ठक्कर दिएकाे थियाे ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवकाे हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस