बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीनको निधन
काठमाडौं । बाराको जितपुर सिमराको दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको निधन भएको छ । घटना आइतबार साँझको हो ।
निजगढबाट पथलैया जाँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परि निजगढ नगरपालिका–१० का २६ वर्षीय तीर्थमान स्याङ्तान, उहाँकी पत्नी २३ वर्षीय ज्योती स्याङ्तान र एक वर्षीय छोराको निधन भएको प्रहरीले जनाएको छ ।
बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रका अनुसार तीनै जनाको घटनास्थलमै निधन भएको हो । ठक्कर दिने बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस