गुडिरहेकाे ट्याक्टरबाट खसेर दीपेन्द्रकाे ज्यान गयाे
ताप्लेजुङ । गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको निधन भएको छ ।
मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुले आज ज्यान गुमाएका हुन् ।
डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । ट्याक्टरका चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
– रासस


प्रतिकृया दिनुहोस