• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

ट्याक्सी दुर्घटनमा एकको निधन, चार घाइते

सनराइज खबर संवाददाता

काठमाडौं । धादिङको फिस्टारमा ट्याक्सी दुर्घटना हुँदा एकजनाको निधन भएको छ । सो घटनमा अन्य चार जना घाइते भएका छन् ।

काठमाडौंबाट धादिङबेसीका लागि छुटेको बा १ ज १२६२ नम्बरको ट्याक्सी गए राति ८ बजे तिर धादिङको सिद्धलेक गाउँपालिका–६ फिस्टार नजिकैको तिरतिरे धारामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  सो स्थान कालुपाण्डे राजमार्गको मलेखु–धादिङबेसी सडकखण्डमा  पर्दछ ।

दुर्घटनामा परी गंगाजमुना गाउँपालिका–३ की ५० वर्षीया विन्दु तामाङको  निधन भएको छ । एक सुत्केरी महिला सहित अन्य चारजना घाइते भएका छन् ।

 

प्रतिकृया दिनुहोस