भिरबाट बस खस्दा एकको निधन
काठमाडौं । नवलपरासी नवलपुरको दाउन्नेमा भिरबाट बस खस्दा घाइते भएका एक जनाको गए राति निधन भएको छ । घटनमा अन्य ६ जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सो दुर्घटनमा भएको हो । घटनमा रुकुमपश्चिमको आठबीसकोट गाउँपालिका–१० का २५ वर्षीय हरिशचन्द्र केसीको निधन भएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खसेको थियो । बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।
बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नंको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो ।
सो घटनमा घाइते भएका सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।


प्रतिकृया दिनुहोस