• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

टिचिङ अस्पतालकाे गेट अगाडी अनुपाकाे ज्यान गयाे

सनराइज खबर संवाददाता

काठमाडौं ।  काठमाडौं महानगरपालिका-३ स्थित शिक्षण अस्पतालको गेट अगाडि सवारी दुर्घटना हुँदा एक महिलाकाे ज्यान गएकाे छ ।

दुर्घटनामा परी बुढानिलकण्ठ नगरपालिका- ६ कि २६ वर्षीया अनुपा कार्कीकाे निधन भएकाे प्रहरीले बताएकाे छ ।

बुधबार दिउँसाे सडकको जेब्रा क्रसिङमा हाल नम्बर नखुलेको मोटरसाइकल र गाडीले उनलाई ठक्कर दिएकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा निधन भएको हो ।

फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस