• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

माेटरसाइकल अनियन्त्रित हुँदा चितवनका सुनबहादुरकाे ज्यान गयाे

सनराइज खबर संवाददाता

चितवन । माेटरसाइकल दुर्घटना हुँदा चितवनमा एक जनाकाे निधन भएकाे छ ।

साेमबार दिउँसाे भएकाे  दुर्घटनामा परी गाेरखा शहीदलखन गाउँपालिका-५ का ४५ वर्षीय सुन बहादुर मगरकाे निधन भएकाे हाे ।

ईच्छाकामना गाउँपालिका-६ स्थित सडकमा ग५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भईरहेको छ ।
   

प्रतिकृया दिनुहोस