• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

४ लाख घूस लिएको अभियोगमा इञ्‍जिनियर र सब-इञ्‍जिनियरविरुद्ध मुद्दा

खबर स‌ंवाददाता

काठमाडाैं । लमजुङको मर्स्याङ्दी गाँउपालिकाका इञ्‍जिनियर र सबइञ्‍जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

सेवाग्राहीसँग ४ लाख रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इञ्‍जिनियर भूपेन्द्रकुमार मण्डल र सबइञ्‍जिनियर टीकाप्रसाद गुरुङविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा ८ जनासँग ५०-५० हजार रुपैयाँका दरले घूस लिएको खुल्न आएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हाे ।

 

निर्माण गरेको घरको मापदण्ड नमिलेको बहानामा उनीहरुले प्राविधिक मूल्यांकन गराएर रकम स्वीकृत गराउन ८ जना लाभग्राहीसँग एकमुष्ट ४ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेकाे छ ।  उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही माग गरिएकाे छ ।

प्रतिकृया दिनुहोस