• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

स्कुटरको ठक्करबाट भक्तपुरमा एक महिलाको निधन

सनराइज खबर

भक्तपुर । स्कुटरले ठक्कर दिँदा भक्तपुर चाँगु सडकमा एक पैदलयात्रीकाे निधन भएकाे छ ।

स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा उनलाई ठक्कर दिएकाे थियाे । बुधबार दिउँसाे भएकाे दुर्घटनामा परी उनी घाइते भएकी थिइन् ।

त्यसपछि उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको थियाे । त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा आज बिहान ८ बजे  निधन भएको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस