• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

रामेछापमा करेन्ट लागेर एक युवकको निधन

सनराइज खबर संवाददाता

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

मन्थली नगरपालिका-१ मदनआश्रित चोक नजिकै केशव घिमिरेको निर्माणाधीन घर बाहिर करेन्ट लागेर मन्थली नगरपालिका-५ सुनारपानीका अन्दाजी २५ वर्षीय मुरली भनिने गजेन्द्रबहादुर खड्काको ज्यान गएको हाे ।

शुक्रबार दिउँसो निर्माणाधीन घरको आँगन नजिकैको तामाकोसी बोर्डिङ स्कुलबाट ल्याएको बिजुलीको तार चलाउने क्रममा करेन्ट लागेर खड्काको घटनास्थलमा नै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

घिमिरेले सञ्‍चालन गरेको लक्ष्मी आयल स्टोरमा काम गर्दथे ।

प्रतिकृया दिनुहोस